ad ad

समाज


कार्की परिवारको सामूहिक हत्या प्रकरण :  डीआईजी नेतृत्वमा ४० प्रहरी घटनास्थमै

कार्की परिवारको सामूहिक हत्या प्रकरण :  डीआईजी नेतृत्वमा ४० प्रहरी घटनास्थमै

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार ६:१६, काठमाडौँ

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा पाँच दिनअघि भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान प्रगतिउन्मुख भएको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी बुधबारदेखि  घटनास्थलमै छन्। बिसीको नेतृत्वमा घटनाको थप अनुसन्धान अघि बढिरहेको छ।

विभत्स हत्याको घटना रहस्यमयी बन्दै गएपछि अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक बीसी आएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। 

प्रहरीका विभिन्न टोलीले घटनाको सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेका छन्। ‘हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख छ,’ सुवेदीले भने। 

अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउन प्रहरी सक्रियरूपमा लागेको छ। अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनले बताए। घटना भएको पाँच दिन भइसक्दा पनि विभत्स हत्या प्रकरण अझै रहस्यमै छ ।

हत्याकाण्डको अनुसन्धानमा प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोलीसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिगेसन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालन गरिएको छ। 

हत्या अनुसन्धानलाई फराकिलो रूपमा गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रहरीका विभिन्न निकायका टोली बोलाएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।

अनुसन्धानका क्रममा मृतकको घरमा खानतलासी गर्दा चार लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षितरूपमा फेला परेकाले त्यहाँ कुनै लुटपाट नभएको प्रहरीको दाबी छ । घटनाको अनुसन्धानमा ल्याइएका तालिमप्राप्त कुकुरले केही तथ्य पत्ता लगाउन नसकेपछि मङ्गलबार धरान फर्किएको छ।

सीआईबीको प्रहरी टोली पनि घटनास्थलमै 
सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि सङ्खुवासभा आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली पनि हाल घटनास्थलर्म छ । घटनाको थप अनुसन्धान थनए सीआइबीको टोलीको नेतृत्व गर्दै प्रहरी नायब उपरीक्षक रुकमबहादुर कुँवरसहितको टोली मङ्गलबार घटनास्थल आइपुगेको हो। 

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको पाँच दिनअघि सामूहिक हत्या भएको थियो।

मृतक छ जनाकै दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए। बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो। 

शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुगेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .