समाज


चीनलाई उछिन्दै भारत अत्यधिक जनसंख्या भएको देश बन्नेः राष्ट्रसंघ

चीनलाई उछिन्दै भारत अत्यधिक जनसंख्या भएको देश बन्नेः राष्ट्रसंघ

एजेन्सी
असार ५, २०७६ बिहिबार ७:२०,

सन् २०२७ सम्ममा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्नेछ।

संयुक्त राष्ट्रसंघका अनुसार भारतले ८ वर्षभित्र चीनलाई अत्यधिक जनसंख्या भएको देशको सूचीमा उछिन्नेछ।

हाल चीन जनसंख्या बढी भएको देशको पहिलो स्थानमा छ। चीनमा १ अर्ब ४० करोड मानिसहरु छन्। दोस्रो स्थानमा रहेको भारतमा १ अर्ब ३० करोड जनसंख्या छ।

विश्वको जनसंख्या भने ७ अर्ब ७० करोड छ। जसमा भारत र चीनको मात्र जनसंख्या जोड्दा विश्वको ३७ प्रतिशत हुनपुग्छ।

गत सोमबार सार्वजनिक भएको राष्ट्रसंघको प्रतिवेदन अनुसार भारत सन् २०२७ सम्ममा विश्वकै अत्यधिक जनसंख्या भएको देश बन्नेछ। सन् २०५० सम्ममा उक्त तथ्यांक अझ विस्तार हुनेछ।

चीनले आफ्नो जनसंख्या बढाउने प्रयास गरिरहेको छ। यद्यपी महंगीका कारण चिनियाँहरु धेरै बच्चा जन्माउन चाहँदैनन्।

चीनले एक सन्तान नीतिलाई हटाइसकेको छ। हाल चीनमा एकभन्दा बढी सन्तान जन्माउन पाइन्छ। यसअघि सन् १९८० देखि २०१५ सम्म लागू भएको उक्त नीतिका कारण चीनको जनसंख्या निकै नियन्त्रण भएको थियो।

Image result for china people

संयुक्त राष्ट्रसंघले भनेको छ,‘तीव्र जनसंख्या वृद्धि भइरहेका देशहरुमा धेरै गरिब मूलुक छन्। यसले झनै समस्या थपिदिनेछ।’

प्रतिवेदनका अनुसार भारत, नाइजेरिया, पाकिस्तान, कंगो, इथियोपिया, तान्जेनिया, इन्डोनेसिया, इजिप्ट र अमेरिकामा उल्लेखनीय जनसंख्या वृद्धि हुनेछ। धेरै बच्चा जन्मिने देश र आप्रवासीलाई स्थान दिने देशको जनसंख्या बढ्ने छ।

चीनसहित ५५ देशमा भने सन् २०१९ देखि २०५० सम्म जनसंख्या नबढ्ने बताइएको छ। उनीहरुको जनसंख्यामा एक प्रतिशतले कमी आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad