समाज


धनुषामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, एक घाइते

धनुषामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, एक घाइते

शैलेन्द्र महतो
असोज १, २०७८ शुक्रबार १८:५३, जनकपुरधाम

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केबरमा शुक्रबार बिहान दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। अर्का एकजना  घाइते भएका छन्।  

मृत्यु हुनेमा  स४प ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिका नरहाका ३० वर्षीय रुपेश यादव रहेका छन्। 

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। 

घाइते हुनेमा लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ बस्ने ४६ वर्षका मोहम्मद हासिम रहेको र उनको स्थानीयस्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको स ४ प ७९२६ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका–६ ढल्केवरमा एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। 

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको  र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .