समाज


पूर्वी उच्च हिमाली भेगमा हिमपातको सम्भावना, सतर्कता अपनाउन सुझाव

पूर्वी उच्च हिमाली भेगमा हिमपातको सम्भावना, सतर्कता अपनाउन सुझाव

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार २:५३,

आज (शुक्रबार) केही ठाउँमा हल्का वर्षा तथा पूर्व उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पूर्वी भेगका थोरै तथा मध्य पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ‘अपराह्नपछि हल्का वर्षा हुने देखिन्छ,’ उनले भनिन्।

त्यसैगरी पूर्वी उच्च हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको उनले बताइन्।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोकाले सामान्य सतर्कता अपनाउनहुन अनुरोध गरिन्छ। 

यसैगरी राति पनि पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।

मौसमविद्का अनुसार अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावका कारण नेपालका पूर्वी तथा मध्य क्षेत्रमा मौसममा आंशिकदेखि सामान्यसम्म बदली भएको हो।

हाल देशको पुर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र पश्चिमी भूभागमा आंशिक बदलीसहित सामान्यतया माैसम सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

अहिले काठमाडौं उपत्यकमाा पनि मौसम आंशिक बदली भएको छ। तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad