छापा खबर


यी हुन् तिहारका लोकप्रिय ६ गीत

यी हुन् तिहारका लोकप्रिय ६ गीत

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ३:५,

तीज र दसैँपछि चाडपर्व लक्षित गीतको बाढी आउने अवसर हो- तिहार।

यसपटकको तिहारमा करिब पाँच दर्जन गीत तथा म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्।

तीमध्ये केही गीत ‘दसैँ तिहार’ विशेष भन्दै सार्वजनिक भएका छन् भने अधिकांश गीत यसैपटकको तिहारलाई लक्षित गर्दै तयार पारिएका खबर आजको साप्ताहिकले छापेको छ।

तिहारका केही गीत सदावहार लोकप्रिय छन्।

दिनेश अधिकारीको शव्द, हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको संगीत भएको ‘निधारमा लर्काएर सप्तरंगी टीका...,’ आशा भोसलेको स्वर, कुसुम गजमेरको शव्द र रञ्जित गजमेरको संगीत रहेको ‘दियो बाली साँझको..., लोचन भट्टराई तथा नुतन प्रधानले गाएको ‘तिहारै आयो लौ झिलिमिली...’ बोलको गीत, सञ्जय श्रेष्ठ तथा सुनील उप्रेतीको ‘देउसीले भन..., राजु लामाको ‘भाइटीमा भेट्न आउँला..., सुगम पोखरेलको वर्षमा दिनमा लै लै... लगायतका गीत तिहारका सबैभन्दा चर्चित गीत हुन्।

यसै वर्ष गायक रामकृष्ण ढकालले गाएको ‘टीका मालाले...’ बोलको गीतले पनि दर्शक र स्रोताको मन जितिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad