ad ad

समाज


विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारे पुनः अनुसन्धान गर्ने

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारे पुनः अनुसन्धान गर्ने

नेपालखबर
असोज १२, २०७८ मंगलबार ९:४, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनः सुरु गर्ने तयारी गरेको छ। 

त्यसको लागि डब्लुएचओको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा भेला गर्दै छ। डब्लुएचओले कोरोना भाइरस उत्पतीको थप नयाँ प्रमाण खोज्नको लागि वैज्ञानिकहरुको भेलाको तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। 

अमेरिकी वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार कोभिड(१९ को उत्पत्तिबारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अपर्याप्त छ। रिपोर्टमा भनिएको छ, ‘वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरूसमेत सम्मिलित छन्, उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन अनुसन्धान गर्नेछन्।’

उक्त अध्ययनले यस किसिमका भाइरस सङ्क्रमण भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ। विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न र जोखिम कम गर्न मद्दत पुर्याउने रिपोर्टमा उल्लेख छ।

यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो। उक्त रिपोर्टलाई बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्विकार गरेको थियो। 

त्यसबारे चिनियाँ उपविदेशमन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिंगका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीको विरूद्धको लडाइमा वैज्ञानिक ढङ्गले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए। 

यसैगरी उक्त रिपोर्टको सारांश मा भनिएको छ, ‘अमेरिकी खुफिया समुदाय (आईसी) का अनुसार नोभेल कोरोनाभाइरसको उत्पत्ति अतिरिक्त जानकारी बिना कहिल्यै पहिचान गर्न सकिदैन। 

अमेरिकी गुप्तचर समुदाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्ने बारे विभाजित नै छ। 

डब्लुएचओ नेतृत्वको वैज्ञानिकहरूको एक टोली जसले २०२१ को शुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो। यद्यपि यसले त्यसबारे स्पष्ट र यथेष्ट प्रमाण र तस्वीरहरू सङ्कलन गर्न भने निकै सङ्घर्ष गर्नुपरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .