ad ad

समाज


आन्दोलन दबाउन छोडपत्र गरिसकेकी रुबिमाथि बहुविवाह मुद्दा

आन्दोलन दबाउन छोडपत्र गरिसकेकी रुबिमाथि बहुविवाह मुद्दा

समर्पण श्री
असोज २४, २०७८ आइतबार १३:२३, काठमाडौँ

नेपालगन्जबाट १९ दिन हिँडेर १५ जनाको नेतृत्व गरेर न्यायका लागि काठमाडौं आएकी रुबि खानलाई शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले पक्राउ गर्यो। 

पक्राउ परेका अन्य पीडितलाई छाडे पनि रुबिलाई भने प्रहरीले अदालतले वारेन्ट जारी गरेको भन्दै नेपालगञ्ज पुर्‍यायो। 

बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगन्ज उपमहानगरपालिका–१९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो। 

तर उनीहरुको हत्या गरिएको भन्दै आरोपितलाई कारबाहीको मागसहित रुबिसहित १६ जनाले काठमाडौं आएर माइतीघरमा धर्ना दिएका थिए। 

धर्नाका क्रममा पक्राउ परेकी रुबिलाई बहुविवाहको मुद्दा देखाउँदै प्रहरीले आइतबार नै रातारात नेपालगञ्ज पु¥याएको छ।

के हो बहुविवाह मुद्दा ?
रुबि मोहम्मद शेर बागवानसँग करिब ८ वर्षअघि विवाह गरेकी थिइन्। बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार मोहम्मदकी जेठी श्रीमती र तीन सन्तान छन्। 

रोचक कुरा के छ भने रुबि दुई महिलाको मृत्यु प्रकरणमा प्रहरीविरुद्ध आन्दोलन चर्काएपछि अनौठो उपाय लगाएर मुद्दा चलाइयो। रुबिविरुद्धको बहुविवाहको मुद्दा उनको घरबाट परेको थिइन। रुबिविरुद्ध प्रहरीमा जाहेरी तेस्रो पक्षले दर्ता गरेको थियो। 

रुबिलाई मोहम्मदकी जेठी श्रीमतीले नभएर तेस्रो पक्षले बहुविवाहको मुद्दा प्रहरीमा लिएर गयो। 

‘यो जसले पनि दिन मिल्दो रहेछ। जग्गाको निहुँमा झगडा परेको मान्छेले मुद्दा हालेको थियो,’ एसपी अधिकारीले भने। 

तर रुबि साउन १९ गते नै मोहम्मदसँग सम्बन्धविच्छेद गरिसकेकी थिइन्। 

तर उनीविरुद्ध प्रहरीले भदौमा बहुविवाहको मुद्दा गर्यो। ‘मुद्दा दर्तापछि हामीले प्रमाण खोज्यौं। रुबिले २३ गते उच्च अदालतमा उत्प्रेरणा निषेधाज्ञा मुद्दा हालिन्’, अधिकारीले भने, ‘तर अदालतले रुबिले हालेको  मुद्दा खारेज गरिदियो। जिल्ला अदालतको आदेशअनुसार उनलाई पक्राउ गर्नु भनिदियो,’ एसपी अधिकारीले भने। 

धर्ना बिथोल्न रुबि पक्राउ
रुबिलाई पक्राउ पूर्जी जारी गरे पनि यसअघि प्रहरीले खोजी गरेको थिएन।

‘रुबिलाई पीडितले होइन, तेस्रो पक्षले मुद्दा हालेको हो भनेर हामीले पक्राउ गरेनौँ’, एसपी अधिकारीले थपे, ‘अहिले काठमाडौं गएर प्रहरीलाई नै लाज हुने गरी धर्ना बस्नुभयो। अनि पक्राउ गर्यौं।’

एसपीको भनाइका अनुसार पनि पीडित पक्षको आन्दोलन बिथोल्न नै रुबिलाई पक्राउ गरिएको देखिन्छ। 

रुबि नेपालगञ्जका महिलाहरुलाई पैसामा बार्गेनिङ गर्न काठमाडौं लगेको एसपी अधिकारीको आरोप छ। ‘उहाँले मान्छेसँग पैसा बार्गेनिङ गरेर लग्नुभएको हो। यसले हाम्रो अनुसन्धानलाई समस्या पार्यो,’ एसपी अधिकारीले भने। 

रुबि नेपालगञ्ज पुगेर पनि आमरण अनसनमा छिन्। अहिले उनलाई भेरी अस्पतालमा उपचार उपचारका लागि राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .