ad ad

समाज


घान्द्रुक दुर्घटनामा मृत्यु हुने सबै घुम्न गएका गोंगबु निवासी

घान्द्रुक दुर्घटनामा मृत्यु हुने सबै घुम्न गएका गोंगबु निवासी

वाशुदेव मिश्र
असोज २५, २०७८ सोमबार १७:४३, काठमाडौँ

कास्कीको घान्द्रुक दुर्घटनामा परी मृत्यु हुनेहरु काठमाडौंको गोंगबुका भएको खुलेको छ। घटनामा चालकसहित ८ जनाको मृत्यु भएको थियो। 

प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौं–३, गोंगबु घर भइ पोखरा घुम्न आएका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षकै सुमन चौधरी, २२ को अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री र जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ५ घर भइ  हाल नयाँ पुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन्। 

दुर्घटनामा परेकी गोंगबुकै २० वर्षीया देविका घिसिङ भने सामान्य घाइते छन्। दुर्घटना हुँदा उछिट्टिएर भिरमा अड्केकी उनको बायाँ हात र नाकमा सामान्य चोट लागेको छ। उनलाई स्थानीयले उद्दार गरेका थिए। 

काठमाडौंबाट घुम्न आएका उनीहरु कास्कीको नयाँपुलबाट ग १ज ६९०० नम्बरको बोलेरो जिप लिएर प्रसिद्ध पर्यटकीय स्थल घान्द्रुकतर्फ लागेका थिए।

नयाँपुल अन्नपूर्ण पदयात्रा मार्गको ढोका हो। त्यहीँबाट घान्द्रुक र घोडेपानी यात्रा सुरु हुन्छ।

जिप कलडाँडामा पुग्दा अनियन्त्रित भइ भिरबाट खसेको थियो। घटनास्थल पोखराबाट ३२ किलोमिटरको दूरीमा रहेको छ। मृतकहरुलाई पोखरा ल्याइँदै छ।

घटनास्थलमा प्रहरी उपरीक्षक रमेश थापाको टोली खटिएको छ। गण्डकी प्रदेश प्रहरीले मृतकको सनाखत गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .