ad ad

समाज


कोरोनाबाट रुसमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धरैको मृत्यु

कोरोनाबाट रुसमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धरैको मृत्यु

नेपालखबर
असोज ३१, २०७८ आइतबार ५:१८, काठमाडौँ

रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरैले संक्रमणको कारण ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा रुसमा १ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। अधिकारीहरुका अनुसार यो महामारी सुरु भएयताकै एकैदिन ज्यान गुमाउने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।

पछिल्लो २४ घण्टामा त्यहाँ एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .