ad ad

समाज


थप ३९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

थप ३९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालखबर
असोज ३१, २०७८ आइतबार १८:५५, काठमाडौँ

पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा छ जनामा कोरोना पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख ९८ हजार ३९९ पुगेको छ। हाल १२ हजार २९७ सक्रिय संक्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा छन्। 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप छ को मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा ११ हजार २८४ को कोरोनाका कारण मृत्यु भएको छ।

त्यसैगरी आज ६८० संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा सात लाख ८१ हजार ४५६ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .