समाज


७६ वर्षीय पतिले लात्तीले हान्दा ६१ वर्षीया पत्नीको मृत्यु

७६ वर्षीय पतिले लात्तीले हान्दा ६१ वर्षीया पत्नीको मृत्यु

नेपालखबर
कात्तिक १

रसुवामा एक वृद्धले आफ्नी पत्नीको हत्या गरेका छन्। नौकुण्ड गाउँपालिका ५ भोर्ले डाँडाटोलका ७६ वर्षीय बुधे गाङतानले आफ्नै ६१ वर्षीया पत्नी बाटुलीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी देवेन्द्र पाण्डेका अनुसार घरायसी विवादमा बुधेले आइतवार पत्नीलाई लात्तले हानेका थिए। पतिले लात्तीले हान्दा बाटुली आँगनमा बजारिएर गम्भीर घाइते भएकी थिइन्। 

उपचारको क्रममा उनको त्रिशूली अस्पतालमा मृत्यु भएको हो। बाटुलीका पतिलाई प्रक्राउ गरिएको डिएसपी पाण्डेले बताए।

कात्तिक १, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .