बैतडीमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीमा घर भत्किँदा पुरिएर तीन जनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन्।
उनका अनुसार बसेडीका राम पार्कीको घर भत्किँदा घरभित्र बसिरहेका उनका दुई बुहारी र नातिको मृत्यु भएको हो।
१८ वर्षीया पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र ३ वर्षीय सोम पार्कीको घरमा पुरिए मृत्यु भएको छ।
63
Shares

प्रतिक्रिया