प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बुधबार राति भक्तपुरको लोकन्थलीबाट एकजनालाई पक्राउ गरेको छ।
मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँसहित कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुन मगर पक्राउ परेका हुन्।
लोकन्थलीको मनहरा आँखा अस्पताल नजिक हुण्डी कारोबार भइरहेको सूचना आएपछि महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिएको हो।
त्यसपछि उनको कोठा तलासी गर्दा थप ५० लाख रूपैयाँ फेला पारेको हो। उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
411
Shares

प्रतिक्रिया