नवलपरासीमा खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको छ।
बुधबार पाल्पाको माथागढीबाट फर्कने क्रममा विनयी खोलाले बगाउँदा विनय त्रिवेणी गाउँपालिका–५,लालेपुच्छरका ५० वर्षीय रुकबहादुर चौहान र उनकी श्रीमती ४५ वर्षीया डकुमाया चौहानको निधन भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ।
बुधबारबाट बेपत्ता उनीहरुको शव शुक्रबार विनय त्रिवेणी गाउँपालिका–५ कुसुन्डे र लालेघाटस्थित विनयी खोलाको बीचमा ढुंगामा अड्केको अवस्थामा फेला परेको हो।
यता, बुटबल उपमहानगरपालिका–१३, बेलबासका ७८ वर्षीय मोहनलाल गैरेको कावासोतीको पिठौलीघाटमा रहेको सप्तगण्डकी नदीमा नुहाउने क्रममा बगेर मृत्यु भएको छ। बिहीबार उनको शव फेला परेको प्रहरीले जनाएको छ।
42
Shares
प्रतिक्रिया