ad ad

समाज


खानेपानीका निमित्त प्रमुखलाई दुर्व्यवहार गर्ने जनमतका १७ कार्यकर्ताविरुद्ध मुद्दा दायर

खानेपानीका निमित्त प्रमुखलाई दुर्व्यवहार गर्ने जनमतका १७ कार्यकर्ताविरुद्ध मुद्दा दायर

शैलेन्द्र महतो
कात्तिक ५, २०७८ शुक्रबार १३:३२, काठमाडौँ

जनकपुरधाम। जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहामथि अनमावीय व्यवहार गर्ने जनमत पार्टीका १७ जना नेता तथा कार्यकर्ताविरुद्ध मुद्दा दायर गरिएको छ। 

उनीहरूविरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। 

डीएसपी बस्नेतका अनुसार १७ जना नेताकार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरिएको हो। 

पक्राउ पर्नेहरुमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल छन्। 

बिहीबार मध्याह्न खानेपानी तथा ढलनिकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई उनीहरु कार्यालयबाट नियन्त्रणमा लिएर अर्धनग्न बनाइ जकपुर बजार घुमाउँदै अमानवीय व्यवहार गरेका थिए। 

प्रहरीका अनुसार पक्राउ परेकाहरु अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन्। घटनास्थलबाट सुरुमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो। 

पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शनमा उत्रेका थप ५२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको थियो।  त्यसमध्ये घटनामा संलग्नहरु १७ जनालाई राखेर बाँकी ४५ जनालाई रिहा गरेको थियो। 

जनकपुरधाम उपमहानगरपालिका ८ बलबाटोलस्थित जनमत पार्टीका अध्यक्ष सिके राउत डेरा लिएर बस्दै आएका छन्। त्यहाँ रहेको ढलनिकासको समस्याको विषयमा खानेपानी तथा ढलनिकास कार्यालय र जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा उनका नेताकार्यकर्ताले निवेदन दिएका थिए। 

निवेदनको बेवास्ता गरेको भन्दै राउतले आफ्ना कार्यकर्ता परिचालन गरी खानेपानीका निमित्त प्रमुखलाई अमानवीय व्यवहार गराएका छन्। 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह कार्यालयबाट भागेकाले उनलाई जनकारबाही गर्न नसकेको जनमत पार्टीले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .