समाज


ढुंगाले हानेर श्रीमतीको हत्या

ढुंगाले हानेर श्रीमतीको हत्या

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ४:२२,

सुनसरीकाे धरान उपमहानगरपालिका-१५, खोरिया बस्तीका एक व्यक्तिले ढुंगाले हानेर पत्नीको हत्या गरेका छन्।

स्थानीय अर्जुन राईले बुधबार ८ बजे आफ्नी श्रीमती विना राईलाई खोलाको डिलमा लगेर ढुंगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ। धरान–५ पानवारी माइती बस्दै आएकी विना बुधबार मात्रै घर आएकी थिइन्।

एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको धरान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई बुधबार राति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad