समाज


भीमबहादुर मृत्युको कारण जातीय र धार्मिक होइन : विश्व ओमकार महासंघ

भीमबहादुर मृत्युको कारण जातीय र धार्मिक होइन : विश्व ओमकार महासंघ

भीम विक


नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १४:५१, काठमाडौँ

विश्व ओमकार महासंघले चितवनका भीमबहादुर विश्वकर्माको मृत्युमा जातीय र धार्मिक कारण नरहेको जिकिर गरको छ।  

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई सोमबार गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै महासंघले सो प्रकरणलाई केही व्यक्तिहरुले जातीय र धार्मिक रङ्ग दिन खोजेको आरोप पनि लगाएको छ।

महासंघका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेलसहितले कार्यबाहक प्रधानमन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापन पत्रमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर चारमा ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भएको विषयमा केही अवाञ्छित व्यक्तिहरूले दुर्गा मन्दिरलाई जोडी जातीय विभेद र छुवाछुतको कारणले हत्या भएको भन्ने गलत र भ्रामक कुरा बाहिर ल्याएर जातीय द्वन्द्व मच्चाउन लागेकोमा महासंघको ध्यानाकर्षण भएको उल्लेख छ। 

ज्ञापन पत्र बुझ्दै कावा प्रधानमन्त्री खाणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताए। उनले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारे।

‘हामी धार्मिक र सामाजिक सदभावको पक्षमा छौँ। सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ,’ कार्यवाहक प्रधानमन्त्री खाणले भने।

उनले सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनु पर्ने बताए। वर्गीय र जातीय रूपमा विभेद भए सामाजिक सद्भाव खल्बलिने उनले बताए। धार्मिक र सामाजिक सद्भाव कायम राख्न विभेदको अन्त्य गरिनु पर्ने उनको भनाइ थियो। 

ज्ञापन पत्रमा महासंघको सक्रियता तथा नवदुर्गा मन्दिर व्यवस्थापन समितिको संयोजनमा कात्तिक ११ गते सर्वजातीय पूजा आयोजना गरिएको र त्यो पूजामा दलित तथा गैरदलितहरूको उल्लेख्य सहभागिता हुँदा सामाजिक सन्देश दिन सफल भएको उल्लेख छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .