समाज


विश्वयुद्धताका रहस्यमयी रुपमा हराएको पनडुब्बी ७७ वर्षपछि भेटियो

विश्वयुद्धताका रहस्यमयी रुपमा हराएको पनडुब्बी ७७ वर्षपछि भेटियो

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ८:२८,

दोस्रो विश्व युद्धको समयमा रहस्यमयी रुपमा हराएको एक पनडुब्बी ७७ वर्षपछि भेटिएको छ।

बेलायतको पनडुब्बी दोस्रो विश्वयुद्धको समयमा ४४ सेनासहित समुन्द्रमै हराएको थियो। जानकारहरुका अनुसार उक्त पनडुब्बी रहस्यमय रुपमा हराएको थियो।

७७ वर्षपछि पनडुब्बी भेटिएपछि सबैजना आश्चर्यमा परेका छन्।

सन् १९४२ अप्रिल २७ मा पनडुब्बी माल्टाको मेडिटेरानियन आइल्यान्डदेखि इजिप्टको अलेक्जेन्ड्रियाका लागि हिँडेको थियो। तर उक्त पनडुब्बी अलेक्जेन्ड्रिया कहिल्यै पुग्न सकेन। उक्त पनडुब्बी ट्र्याक गर्न सकिएन।

उक्त पनडुब्बी हाल माल्टाकै समुन्द्रमा भेटिएको सीएनएनले जनाएको छ। अधिकारीहरुका अनुसार ४ सय फिट तल पनडुब्बीको अवशेष भेटिएको छ।

Image result for Submarine that disappeared mysteriously in World War II found after 77 years

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad