राजनीति


नेकपा सचिवालय बैठक सकियो, उम्मेदवारको टुंगो भोलि लगाउने

 नेकपा सचिवालय बैठक सकियो, उम्मेदवारको टुंगो भोलि लगाउने

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ८:१८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजे बसेको बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारका विषयमा छलफल सुरु गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकार दिए।

‘मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार चयनका बारेमा छलफल प्रारम्भ भएको छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्त श्रेष्ठले भने, ‘ क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला समिति र प्रदेश कमिटिबाट आएका सिफारिसहरुको अध्ययन गरेका छौँ। समय अभावका कारण भोलिको बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवार सिफरिस गछौँ।’

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए।

उनले प्रधानमन्त्रीको स्वास्थ्य गम्भीर नभएको भन्दै केही रिपोर्टहरु आउन बाँकी रहेको भन्दै रिपोर्ट आए पनि थप छलफल गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad