समाज


सेनाका मेजरको आतंक,  सिपाही र हतियार लिएर स्थानीयसँग झगडा गर्न आए

सेनाका मेजरको आतंक,  सिपाही र हतियार लिएर स्थानीयसँग झगडा गर्न आए

सांकेतिक तस्बिर


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १६:५१, काठमाडौँ

कैलालीको चिसापानीमा नेपाली सेनाका सेनानी (मेजर) ले स्थानीयलाई आतंकित पारेका छन्। सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत मेजर अशोकजंग शाहीले आइतबार राति रक्सी खाएर स्थानीयसँग झगडा गरेका हुन्। 

स्थानीयसँगको झगडापछि ब्यारेक गएका उनले पछि हतियारसहितका सैनिक जवान ल्याएर स्थानीयलाई आतंकित पारेका हुन्। 

स्थानीय संगम होटलमा सुरुमा उनले होहल्ला गरेका थिए। होटल सञ्चालक हर्क रावलसँग झगडा भएपछि स्थानीय भेला भएका थिए। त्यसक्रममा चिसापानी क्षेत्र तनावग्रस्त बनेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतीक बिष्टले बताए। 

‘हतियारसहित फर्किएपछि सेनानीमाथि स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बन्यो। त्यसपछि हामीले सेनानी शाहीलाई नियन्त्रणमा लिएर कार्यालय ल्यायौं’, डीएसपी बिष्टले भने, ‘त्यसपछि पनि स्थानीयले छाडेनन्। उनलाई सुरक्षा दिएको भन्दै हाम्रै कार्यालयमा ढुंगामुढा गरे। त्यसक्रममा हाम्रो कार्यालय र गाडीमा क्षति पुगेको छ।’

प्रहरीले केहीबेर पछि स्थिति नियन्त्रणमा लिएको थियो। शाहीलाई आवश्यक कागजातसहित कारबाहीको लागि सोमबार सेनाको जिम्मा लगाएको बिष्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .