ad ad

समाज


नोबेल विजेता मलाला युसुफजाईका पति कस्ता व्यक्ति हुन्?

नोबेल विजेता मलाला युसुफजाईका पति कस्ता व्यक्ति हुन्?

पतिका साथ मलाला युसुफजाई। तस्बिर : मलालाको ट्विटरबाट।


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १०:५८, काठमाडौँ

पाकिस्तानी अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले विवाह गरेकी छन्। २४ वर्षीया मलालाले नेपाली समयानुसार मंगलबार राति आफ्नो ट्विटरमार्फत आसर नामका पुरुषसँग विवाह गरेको जानकारी दिएकी हुन्। 

–​नोबेल विजेता मलाला युसुफजाईले गरिन् बेलायतमा विवाह (तस्बिरहरू)

तर आफ्ना पतिबारे उनले थप जानकारी दिएकी छैनन्।

को हुन् उनका पति? 
मलाला युसुफजाई क्रिकेट खेलको ठूलो प्रशंसक हुन्। यो कुरा उनले धेरैपटक अन्तर्वार्तामा भनेकी छन्। 

संयोगवश, उनका पति असर मलिकको पनि क्रिकेटसँग घनिष्ट सम्बन्ध छ। उनी पाकिस्तान नेसनल हाई पफमेन्स सेन्टर (पीसीबी) का महाप्रबन्धक (जीएम) हुन्। 

बीबीसीका अनुसार असर मलिकले प्रतिष्ठित अचिन्सन कलेज, लाहोरबाट डिग्री तथा लाहोर विश्वविद्यालयबाट व्यवस्थापनको अध्ययन पूरा गरेका छन्। 

पीसीबीमा आबद्ध हुनुअघि उनी पाकिस्तान सुपर लिगको टोली मुल्तान सुल्तान्ससँग पनि आबद्ध थिए।

पीसीबीले गत वर्ष वर्ष पाकिस्तानको क्रिकेट विकासका लागि नेसनल हाई पफमेन्स सेन्टर गठन गरेको हो। पूर्व टेस्ट क्रिकेटर एवं स्पिनर नदीम खान यसका निर्देशक हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .