समाज


कमला नदीमा ‘भूत मेला’को रौनक (तस्बिर/भिडिओ)

कमला नदीमा ‘भूत मेला’को रौनक (तस्बिर/भिडिओ)

शैलेन्द्र महतो
मंसिर ३, २०७८ शुक्रबार १५:२७, काठमाडौँ

धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा आज (शुक्रबार) भूत मेला लागेको छ। हरेक वर्ष कार्तिक पूर्णिमाका दिन लाग्ने भूत मेलामा बिहानैदेखि  कमलामा स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ।

बिहीबार साँझ घरबाट धामीझाँक्रीसहित हिँडेका विभिन्न गाउँका बासिन्दा कमला नदीका सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन्।

कमलामा कात्तिक शुक्ल पूर्णिमाका दिन भूत बैताल, देवीदेवता पुकार्दा अनिष्टबाट छुटकारा पाउने धार्मिक विश्वास रहेको बटेश्वर गनउँपालिकाका धामी मनोज महतोले बताए।

धामीझाँक्रीहरूले भूत र घरको कुल देवता खेल्दै आज अर्थात् कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गर्ने परम्परा सदियौंदेखिको भएको मेलामा सहभागीहरू बताउँछन्।

यो मेलालाई धामीझाँक्रीको मेला पनि भनिन्छ। आज नयाँ धामीझाँक्री बन्न  तथा तन्त्रमन्त्रमा सिद्ध गर्न उपयुक्त दिन भएको यसमा विश्वास गर्नेहरू बताउँछन्। 

भूत मेलामा स्नान गरेपछि घर फर्किने बेला भक्तजनहरूले कमला नदीको शुद्ध पानी घर लिएर जाने गर्छन्। उक्त पानीलाई जमिनमा छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामीझाँक्रीहरू बताउँछन्।

सर्वसाधारणहरू पनि आजका दिन कमलामा स्नान गरे दुःख, कष्ट, पापबाट मुक्त हुने विश्वास गर्छन्। 

उक्त मेलामा भारतबाट समेत ट्याक्टर, बस, जिपजस्ता सवारीसाधनमा श्रद्धालुहरू आउने गर्छन्।

हेर्नुहोस् यी तस्बिर (पुछारमा भिडिओ)–

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .