दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीको वायु प्रदूषण ‘असहनीय तह’मा पुगेको बताएका छन्।
विश्व स्वास्थ्य संगठनले यस वायु प्रदूषण सुर्ती तथा चुरोट सेवन गर्नु बराबर रहेको ठहर गरेको छ।
दिल्लीमा वायु प्रदूषण घातक अवस्थामा पुगेपछि दिल्ली सरकारले त्यहाँ सोमबारदेखि जोर बिजोर प्रणाली लागू गरेको छ। यस योजनाले वायु प्रदूषण कम हुने विश्वास व्यक्ति गरिएको छ।
सरकारको यस निर्णय अनुसार दिल्लीमा आज सोमबारदेखि १५ नोभेम्बरसम्म जोर बिजोर नियम लागू हुनेछन्। जोर बिजोर प्रणालीअनुसार आजैबाट सवारी साधनहरु चल्न चल्न पाउनेछन् ।
सन् २०१६ र २०१७ मा पनि वायु प्रदूषणपछि जोर बिजोर प्रणाली अपनाइएको थियो। यद्यपी यसले वायु प्रदूषणको मात्रा घट्नमा मद्दत गर्यो या गरेन भनेर केही खुलाइएको छैन।
अधिकारीहरुका अनुसार दिल्लीको हावामा यतिबेला घातक मानिएको पिएम २.५ कणहरु निकै थुप्रिएका छन्। यसले मानिसको स्वासप्रस्वासमा असर गर्ने बताइएको छ।
आइतबार दिल्लीमा अवतरण हुनुपर्ने ३० वटा विमानहरु अवतरण हुन सकेनन्। बीबीसीका अनुसार वायु प्रदूषणका कारण विमानका पाइलटले धावनमार्ग राम्रोसँग नदेखेपछि ३० वटा विमान डाइभर्ट गरिएका थिए।
दिल्लीमा शुक्रबारदेखि नै विद्यालयहरु बन्द रहेका छन्। साथै निर्माण कार्यहरु तत्कालका लागि ठप्प पारिएका छन्।
यसअघि दिल्लीका विभिन्न विद्यलयमा विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै त्यहाँको प्रशासनले ५० लाख मास्क वितरण गरेको थियो।
भारतीय संचारमाध्यमका अनुसार दिल्लीका प्रत्येक व्यक्तिले मास्क लगाउनुपर्ने अवस्था रहेको छ।
भारतमा हालै दिवाली पर्व सम्पन्न भएको छ। यसै पर्वमा पटेकाहरु अधिक मात्रामा पड्काइएपछि यसबाट निस्किएको धुवाँले दिल्ली ढाकेको बताइएको छ।
साथै दिल्ली वरपरका क्षेत्रमा किसानहरुले आफ्ना खेतलाई खाली गर्नका लागि फोहोरहरु डढाएका कारण पनि दिल्लीमा प्रदूषण बढेको जनाइएको छ।
Shares

प्रतिक्रिया