सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो।
सरकारले सातैवटा प्रदेश प्रमुख बर्खास्त गरेको एकदिन पछि सत्ताधारी दल नेकपाको सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम सिफारिस गरेको हो।
नेकपा सचिवालय बैठकबाट अमिक शेरचन (चितवन) सोमनाथ अधिकारी प्यासी (कास्की) तिलक परियार (बाके) धर्मनाथ यादव (सिरहा) विष्णु प्रसाई (झापा) गोविन्द कलौनी (डडेल्धुरा) र शर्मीला त्रिपाठी (काठमाडौं) रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
3
Shares

प्रतिक्रिया