समाज


इजरायली प्रहरीले रमाइलो गर्न प्यालेस्टाइनी पुरुषको ढाडका गोली हाने (भिडियो)

इजरायली प्रहरीले रमाइलो गर्न प्यालेस्टाइनी पुरुषको ढाडका गोली हाने (भिडियो)

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ८:२५,

उक्त भिडियो साढे १ वर्ष अगाडिको भएको डेलीमेलले उल्लेख गरेको छ। सार्वजनिक भएको भिडियोमा इजरायलकी महिला प्रहरीले प्यालेस्टाइनी पुरुषको ढाडमा बिना कारण गोली चलाएको देखिएको छ।

गोली लागेपछि ती पुरुष भुँइमा लडेको देखिएको छ। जेरुसलामभन्दा बाहिरको अल–जायम चेकपोइन्टमा यस घटना भएको अनुमान गरिएका छ।

यस निर्मम तथा क्रुर घटनाको भिडियो इजरायलको टेलिभजिनमा समेत प्रसारण भएको बताइएको छ।

सीमा प्रहरीले अरबी भाषामा ती पुरुषलाई ‘यहाँबाट बाहिर जा’ भनेको भिडियोमा सुन्न सकिन्छ। ती पुरुष हिँडिरहेको समयमा प्रहरीले गोली चलाउँदा उनी भुँइमा लड्छन्।

च्यानल १३ समाचार संस्थाका अनुसार प्रहरीले उनी गम्भीर घाइते भने नभएको जानकारी दिएका छन्। यद्यपी हरित्ज पत्रिकाले भने उनी त्यसबेला गम्भीर घाइते भएको समाचार छापेको छ।

यस घटना साढे १ वर्ष अगाडि भएको साथै प्यालेस्टाइनी नागरिकमाथि गोली चलाउने महिला प्रहरीको पनि पहिचान भएको बताइएको छ।

हाल उनी सेवानिवृत्त भइसकेकी छिन्। इजरायल प्रहरीले उनीमाथि अनुसन्धानपछि कारवाही प्रक्रिया अगाडि बढाउने बताएको छ।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad