ad ad

समाज


कांग्रेस वडाअधिवेशनमा झडप : मतदान अधिकृत र प्रहरीसहित पाँच घाइते

कांग्रेस वडाअधिवेशनमा झडप : मतदान अधिकृत र प्रहरीसहित पाँच घाइते

शैलेन्द्र महतो
मंसिर १३, २०७८ सोमबार १७:२७, काठमाडौँ

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा झडप हुँदा मतदान अधिकृतसहित पाँच जना घाइते भएका छन्। 

सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.४ बलरा नगरपालिका वडा नं.८ को वडाअधिवेशनमा सोमबार झडप भएको हो। 

झडपमा जनता मावि फुलपरासीका मतदान अधिकृत उमेशचन्द्र झासहित पाँच जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। उनका अनुसार वडा अधिवेशनको क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो।  

झडपमा ३ जना प्रहरी, एक जना सर्वसाधारण घाइते भएका हुन्। झाको टाउकोमा चोट लागेको छ भने एक जना इन्सपेक्टरको हात भाँचिएको उनले बताए। 

 प्रहरीले सुरक्षाका लागि मतदान अधिकृत झालाई मलंगवा लग्न खोजेका थिए। सोही क्रममा सो क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेश सिंह पक्षधर कांग्रेसी कार्यकर्ताले घेराउ गर्न खोजेपछि झडप भएको कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए। 

यसअघि आइतबार साँझ बलरा नगरपालिकाको वडा नं. ९ को वडाअधिवेशन स्थलमा गोली चलेको थियो। प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि हातपात भएपछि सोही क्रममा उनका अंगरक्षक रामचन्द्र खंगले हवाइ फायर गरेक थिए। खंगमाथिसमेत आक्रमण हुँदा उनी घाइते भएका थिए।  

सर्लाहीमा कांग्रेसको अधिवेशन विवादित बनेको छ। संस्थापन पक्षका अमरेश सिंह र संस्थापन इतर निधि पक्षका मन्त्री सिंहबीच विवाद हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .