समाज


सिरहामा छुरा ‘हानाहान’ हुँदा एकको मृत्यु, अर्का गम्भीर घाइते, विरोधमा राजमार्ग बन्द

सिरहामा छुरा ‘हानाहान’ हुँदा एकको मृत्यु, अर्का गम्भीर घाइते, विरोधमा राजमार्ग बन्द

सिरहामा युवक हत्याको विरोधमा राजमार्ग बन्द गराउँदै आन्दोलित स्थानीय।


शैलेन्द्र महतो
पुस ४, २०७८ आइतबार १०:५१, जनकपुर

सिरहामा छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ। अर्का युवक गम्भीर घाइते भएका छन्। 

प्रहरीका अनुसार छुरा प्रहारबाट शनिबार साँझ सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो। 

गम्भीर घाइते उनको उपारका क्रममा धनगढीमाई नगरपालिका ९ स्थित आरके मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। 

यस्तै छुरा प्रहारबाट स्थानीय १९ वर्षका निकेश सदा गम्भीर घाइते भएका छन्। उनको उपचार आरके मेडिसिटी अस्पतालमा भइरहेको छ। 

दुई समूहबीच छुरा हानाहान भएको सिरहा प्रहरीले बताए पनि अर्को एक समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन। 

घटनाको विरोधमा डोहटियाका बासिन्दाले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। राजमार्गका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन भइरहेको छ। 

दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गरिनुपर्ने, घाइतेलाई निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतिपूर्तिलगायत माग राखेर स्थानीयले गोलबजारका व्यवसायसमेत बन्द गराउँदै हिँडेका छन्। 

त्यहाँस्थित इलाका प्रही कार्यालयअगाडिसमेत उनीहरूले विराेध प्रदर्शन गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय (सिरहा) का प्रवक्ता डीएसपी सुभाष बुढाथोकीले घटनाबारे अनुसन्धान तथा दोषीको खोजी भइरहेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .