समाज


सिरहामा छुरा प्रहार प्रकरण : राजमार्ग फेरि अवरुद्ध, गोलबजार तनावग्रस्त

सिरहामा छुरा प्रहार प्रकरण : राजमार्ग फेरि अवरुद्ध, गोलबजार तनावग्रस्त

शैलेन्द्र महतो
पुस ५, २०७८ सोमबार १५:२६, काठमाडौँ

प्रहरीले सहमति बमोजिम २४ घण्टा भित्र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले सिरहाको गोलबजारमा फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। 

सोमबार बिहान १० बजदेखि पुनः स्थानीय बासिन्दाले गोलबजारमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका हुन्। बन्द सडक खुलाउन प्रहरीले हस्तक्षेप गर्दा गोलबजारको अवस्था तावग्रस्त बनेको छ। बल प्रयोग गर्ने क्रममा दुईजना प्रदर्शनकारी घाइते भएका छन्। सो क्रममा प्रदर्शनकारीले समेत प्रहरीलाई लखेटेका छन्। 

शनिबार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ हटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने उनका साथी निकेश सदा गम्भीर घाइते छन्। 

घटना विरुद्ध आइतबार बिहानैदेखि स्थानीयहरु राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए। स्थानीय र प्रहरीबीच दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कारबाही गर्ने, मृतक परिवारको क्षतिपुर्तिको लागि पहल गर्ने र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति पश्चात राजमार्ग खुलेको थियो।

तर सहमति अनुसार प्रहरीले २४ घण्टा भित्र दोषी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दा पुनः आज १० बजेदेखि सडक अवरुद्ध गरी आन्दोलनमा उत्रेका हुन्। 

छुरा प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको प्रहरीले दाबी गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .