समाज


आलम प्रकरणः मारिएका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएको पत्नीको जिकिर

आलम प्रकरणः मारिएका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएको पत्नीको जिकिर

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १०:०,

रौतहटमा १२ वर्षअघि भएको बम विस्फोट प्रकरणले नयाँ मोड लिएको छ। घटनामा मारिएका भनिएका ओसी अख्तरकी श्रीमतीले उनी मारिएको नभई वैदेशिक रोजगारीमा गएको निवेदन लिएर अदालत गएपछि उक्त प्रकरणले नयाँ मोड लिने संकेत देखिएको हो।

यसअघि ओसी अख्तर र त्रिलोक प्रताप सिंह सोही घटनामा मारिएको भन्दै प्रहरीमा जाहेरी परेको थियो। सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो।

यो मुद्दा अदालतमा निकै अघि बढिसकेको छ। मुद्दामा महम्मद अफताव आलमको बयान सकेर थुनछेक बहस सुरु भएका बेला यो प्रकरणले नयाँ मोड लिएको छ। ओसीकी श्रीमती अमन खातुनले आफ्नो श्रीमान वैदेशिक रोजगारीमा गएको भन्दै उनको मृत्युको खण्डन गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad