त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा नेपाली कम्पनीका जहाजहरु ठोक्किएका छन्।
विमानस्थल कार्यालयका अनुसार श्रीएयरलाइन्सको सीआरजे ७०० र यति एयरलाइन्सको एटीआर७२ जहाज ठोक्किएका हुन्।
दुवै जहाज पार्किङ वेमा ठोक्किएको विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।
श्रीको जहाज पार्किङका लागि आउँदै गर्दा उक्त घटना भएको हो।
घटनामा दुवै विमानमा सामान्य क्षति पुगे पनि विमानस्थलमा अन्य उडान र अवतरणमा कुनै समस्या नभएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया