जर्जियामा वैदेशिक राेजगारीकाे आकर्षण देखाएर सात लाख ५० हजार रुपैयाँ ठगी गरी फरार एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका वडा नं. १ वस्ने रामकृष्ण राई रहेका छन्।
उनले दोलखाकाे गौरीशंकर गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडाैंकाे कोटेश्वर बस्ने कामे शेर्पालाई जर्जियामा क्लिनरको जागिर लगाई दिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलव, खान बस्न समेत कम्पनीले नै दिने प्रलोभन दिइ रकम ठगी गरेर फरार रहेका थिए।
निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले समयमै सजग/सचेत रहन पनि प्रहरीले आग्रह गरेकाे छ।
प्रतिक्रिया