बीरगञ्ज प्रहरीले श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।
तीनवटा माेटरसाइकलमा रकम लिएर भारत रक्शाैलबाट बीरगञ्ज आउँदै गरेका उनीहरुमाथि प्रहरीले गरेकाे चेकजाँचका क्रममा रकमसहित फेला परेका हुन्।
बीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक नजिक बीआर ०५एस३७९२, बीआर०५बी १४४४ र बीआर ०६एआर३७८९ नं.को माेटरसाइकलसहित भारत बिहार सुगौली बजार बस्ने वर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने वर्ष २६ को सुधिर कुमार र र साेही ठाउँका वर्ष ३० को सहिद आलम पक्राउ परेका प्रहरीले जनाएकाे छ।
साे रकम हुण्डी काराेबारमा प्रयाेग गर्न ल्याइएकाे प्रहरीकाे अनुमान छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ।
प्रतिक्रिया