ad ad

समाज


प्रेस चौतारी सुनसरीले ‘गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार’ वितरण गर्ने

प्रेस चौतारी सुनसरीले ‘गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार’ वितरण गर्ने

कृष्ण बहाब
पुस १२, २०७८ सोमबार १६:२९, काठमाडौँ

प्रेस चौतारी सुनसरीको नवौँ अधिवेशन पुस २६ गते इटहरीमा हुने भएको छ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने अधिवेशनको लागि ३१ सदस्यीय अधिवेशन आयोजक कमिटी समेत बनाइएको चौतारी सुनसरी अध्यक्ष शेखर ढकालले बताए।

नवौँ अधिवेशनले नेतृत्व समेत छान्ने भएकाले चौतारीको अधिवेशनलाई चासोको साथ हेरिएको छ। अधिवेशन आयोजना गर्न चौतारीले ३ ओटा उपसमिति बनाएको छ। जसमा, शुभद्रा प्याकुरेलको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश गजमेरको संयोजकत्वमा संगठन विस्तार उपसमिति र विकास चाम्लिङको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको छ। 

अधिवेशनमा चौतारीका करिब २५० बढी प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।

अधिवेशनकै अवसरमा ब्लास्ट दैनिकका सम्पादक तथा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका किशोर कुमार कार्कीले बुबाको नाममा स्थापना गरेको गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कार समेत वितरण गर्ने जनाइएको छ। कोरोनाको कारण अघिल्लो वर्ष देखि रोकिएको सो पुरस्कार एकै पटक वितरण गरिने  । 

चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईको संयोजकत्वमा सदस्यमा देवेन्द्र कार्की, रोहित राई, शुकदेव चौधरीको पुरस्कार छनोट समितिमा समेत चौतारीको बैठकले निर्णय गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .