ad ad

समाज


नक्कली नागरिकताका लागि सिफारिस गर्ने वडा अध्यक्षसहित ४ जना पक्राउ

नक्कली नागरिकताका लागि सिफारिस गर्ने वडा अध्यक्षसहित ४ जना पक्राउ

गोकुल जोशी
पुस १५, २०७८ बिहिबार १५:१९, काठमाडौँ

बझाङको जयपृथ्वी नगरपालिकाका एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली नागरिकता बनाउनका लागि सिफारिस गरेको आरोपमा जयपृथ्वी नगरपालिका–१ का  वडाध्यक्ष गगन सिंहलाई प्रहरीले पक्राउ गरेको हो। 

वडा नम्बर १ कै सतिश बहादुर सिंहको नक्कली नागरिकता बनाउन सिफारिस गरिएको आरोपमा वडाअध्यक्षसहित वडा सचिव करन विक, वडाका लेखापाल अजयबहादुर सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यस्तै, सोही वडामा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक ऐन बहादुर सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रधानाध्यापक सिंहलाई सोही व्यक्तिको कक्षा ८ को नक्कली कागजपत्र बनाईदिएको भन्दै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २०६८ सालमा एसएलसी दिएर फेल भएका व्यक्तिलाई नक्कली मार्कसिट बनाएर नेपाल प्रहरीमा जागिर लगाइदिने आश्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको खुल्नमा आएको छ।

जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक सतेशबहादुर सिंहको नामबाट नागरिकता जारी भएको र अहिले उनै ब्यक्तिको नाम परिवर्तन गरी वडाबाट सिफारिस आएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .