समाज


ओमिक्रोनको त्रास : मेला-महोत्सव बन्द गराउन गण्डकीका स्वास्थ्यमन्त्रीकाे निर्देशन

ओमिक्रोनको त्रास : मेला-महोत्सव बन्द गराउन गण्डकीका स्वास्थ्यमन्त्रीकाे निर्देशन

वाशुदेव मिश्र
पुस २३, २०७८ शुक्रबार २०:३४, काठमाडौँ

गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले मेला–महोत्सव बन्द गर्ने व्यवस्था मिलाउन स्वास्थ्य सचिवलाई निर्देशन दिएकी छन्। 

ओमिक्रोनको जोखिम सम्बन्धमा प्रदेशभित्रका सरोकारवालासँग भएको बैठकमा मन्त्री अधिकारीले प्रदेशका नाकाहरुमा जाँचलाई तीब्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई चुस्त–दुरुस्त बनाउने तथा उपकरण, स्वास्थ्य सामग्री, जनशक्ति व्यवस्थापन अक्सिजन सिलिन्डर तथा अन्य तयारी अवस्थामा राख्न पनि निर्देशन दिइन्। 

उनको निर्देशनसँगै कास्कीसहित विभिन्न जिल्लामा यो र अर्को महिना आयोजना हुन लागेका मेला–महोत्सव प्रभावित हुने आशंका बढेको छ। यद्यपि, मेला–महोत्सव स्थगित गराउने निर्णय भने भइसकेको छैन।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले प्रदेशका सीमा नाकामा चेकजाँच कडाइ गरिएको, संक्रमण बढ्न सक्ने आँकलनसहित तयारी तीब्र पारिएको जानकारी दिएका थिए।

उनले मान्छेको जीवनभन्दा ठूलो केही नभएकाले आवश्यक परे ‘स्मार्ट लकडाउन’ को लागि पनि तयार रहनुपर्नेमा जोड पनि दिए। मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुरलगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेको उनले बताए।

पछिल्लो २४ घण्टामा १४५ जनामा गरिएको परीक्षणमा गण्डकीमा १६ जना संक्रमित भेटिएका छन्। हाल ११५ जना आइसोलेसनमा रहेका छन्।

कास्कीमा हाल १२७ जना संक्रमित रहेका छन्। ५ सयभन्दा बढी संक्रमित भए स्मार्ट लकडाउन हुनसक्छ।

गण्डकीमा हालसम्म ओमिक्रोन पुष्टि भने भएको छैन।

भारतसँग सीमा जोडिएका नाकाहरुमा सरकारले १–१ हजार बेडको आइसोलेसन निर्माण गरेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .