समाज


पर्यटनमन्त्री आलेले गरे मझगाउँ विमानस्थलको शिलान्यास

पर्यटनमन्त्री आलेले गरे मझगाउँ विमानस्थलको शिलान्यास

गोकुल जोशी
पुस २८ , महेन्द्रनगर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कन्चनपुरस्थित मझगाउँ विमानस्थलको शिलान्यास गरेका छन्। विमानस्थलमा भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले बुधबार शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलेले विमानस्थलको रनवे २५ सय मिटर बनाउनु पर्ने उद्घोष गरे। 

‘अहिले १५ सय मिटर रनवे बन्दै छ। यसले मात्रै पुग्दैन,’ उनले भने, ‘कम्तीमा पनि २५ सय मिटर बनाउनु पर्छ, हामी त्यो गर्छौं।’

विमानस्थल बनेमा यहाँको पर्यटन व्यवसाय पनि उकासिने उनको विश्वास  छ। भारतको दिल्लीबाट सिधै जहाज मझगाउँ विमानस्थलमा ल्याउन सकिने उनको भनाइ थियो।

‘यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो, हामी भारतबाट पर्यटकलाई भित्र्याउन सक्छौँ,’ उनले भने, ‘दिल्लीबाट सिधै न्यारोबडी प्लेन यहाँ ल्यान्ड गराउन सक्छौँ।’

असुरक्षाको कारण देखाउँदै वि.सं. २०५६ सालमा बन्द भएको विमानस्थल शिलान्यास भएसँगै पुनः सञ्चालनमा आउनेमा स्थानीय आशावादी देखिएका छन्।

मझगाउँ विमानस्थलमा १५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण हुनेछन्।

नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौतासमेत गरेको छ। निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ।

विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहनेछ।

विमानस्थल सञ्चालन भएमा समग्र देशकै विकासमा टेवा पुग्ने उद्योग वाणिञ्ज संघका अध्यक्ष जंगबहादुर मल्लले बताए ।

‘लामो समय बन्द रहेको विमानस्थल शिलान्यास पछि अब हामी विमानस्थल सञ्चालन हुनेमा आशावादी भएका छौँ,’ उनले भने, ‘भारतसंग सिधै र आन्तरिक पर्यटकीय क्षेत्रसँग सिधै सम्पर्क गर्न सकिन्छ ।’

पुस २८, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad