ad ad

समाज


कैलालीमा ‘फोटो खिच्ने’ क्रममा पुलबाट खसेर शिक्षकको मृत्यु, तर घटना ‘शंकास्पद’

कैलालीमा ‘फोटो खिच्ने’ क्रममा पुलबाट खसेर शिक्षकको मृत्यु, तर घटना ‘शंकास्पद’

फाइल तस्बिर : कैलालीको गोदावरी पुल


गोकुल जोशी
माघ ४, २०७८ मंगलबार ८:१९, महेन्द्रनगर

कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार सोमबार बेलुका जीर्ण अवस्थाको गोदावरी पुलबाट खस्दा अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको मृत्यु भएको हो। 

कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीका अनुसार फोटो खिच्ने क्रममा शिक्षक भाट पुलबाट खसेका हुन्।

खसेर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

‘(साँझ) ५ बजेपछि गोदावरी पुलमा जान दिँदैनन्। पुलमा बार पनि छैन। फोटो खिच्न पुलमा गएका बेला खसेको प्रत्यक्षदर्शीले देखेपछि हामीलाई खबर आएको थियो’, डीएसपी जोशीले मंगलबार बिहान नेपालखबरसँग भने, ‘ (शिक्षकले) मापसे पनि गरेको स्थानीयले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान गर्दै छौँ।’

तर मृतकका आफन्तले घटना निकै शंंकास्पद भएको र शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशंका गर्दै घटनाको सत्य-तथ्य छानबिन गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी जोशीले पनि घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .