ad ad

समाज


पुरातात्विक महत्वका संरचना पुनर्निर्माणबारे गृमन्त्रीको चासो

पुरातात्विक महत्वका संरचना पुनर्निर्माणबारे गृमन्त्रीको चासो

नेपालखबर
माघ ४, २०७८ मंगलबार १९:२७, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले भूकम्पले क्षतिग्रस्त पुरातात्विक संरचनाको पुनर्निर्माणको अवस्थाबारे सरोकारवाला निकायसँग जानकारी लिएका छन्।

मंगलबार गृह मन्त्रालयमा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, गुठी संस्थानका अध्यक्ष पुण्य भुसाल, सीएलपीआईयूका कोषनाथ अधिकारीसँग भुकम्पले क्षति भएका पुरातात्विक संरचनाको पुनर्निर्माणबारे जानकारी लिएका हुन्।

बैठकमा भूकम्पले क्षति पु¥याएका पुरातात्विक संरचनाको पुनर्निर्माण अहिलेसम्म कति सम्पन्न भयो, कति निर्माणको प्रक्रियामा छन् र पुनर्निर्माण सम्पन्न गर्न बाँकी संरचना निर्माण गर्न के के योजना छन् भन्नेबारेमा मन्त्री खाणले जिज्ञासा राखेका थिए। 

बैठकका सहभागीहरूले गृहमन्त्री खाणलाई अहिलेसम्म भए गरेका काम र आगामी दिनमा गर्ने योजना रहेका कामबारे जानकारी गराएका थिए।

गृहमन्त्री खाणले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचना पुनर्निर्माणमा मौलिकता हराउन नहुने भन्दै मौलिकता झल्किने गरी निर्माण गर्न निर्देशन दिए। भूकम्प गएको लामो समयसम्म पनि टेका लगाएका घर र संरचनाहरू देखिएका भन्दै अब छिटो ती संरचनाको पुनर्निर्माण सक्न निर्देशन दिँदै मन्त्री खाणले सरकारले त्यसका लागि गर्न पर्ने काम के हो भन्न आग्रह गरे।

उनले मूर्तिहरू चोरिने क्रम रोक्नलाई सुरक्षाको प्रबन्ध मिलाउन सरकार तयार रहेको बताए। छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए।

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पुरातात्विक संरचना पुनर्निर्माणको काम स्थानीयलाई दिएमा चाँडै र राम्रोसँग निर्माण हुने ललितपुरमा पुनर्निर्माण गर्दाको अनुभवबाट आफूले बुझेको बताए। उनले ललितपुरका पुरातात्विक संरचना निर्माण गर्दा टेण्डर गर्न हुन्न भन्ने पाठ आफूले सिकेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .