देशभर संकलन गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो पटक संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङका क्रममा २८ वटा पछिल्लो ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतवारको नियमित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार हालसम्म गरिएको जिन सिक्वेन्सिङबाट ८८ प्रतिशतलाई ओमिक्रोन देखिएको हो।
‘नेपालमा कोरोनाको तेस्रो लहर चलिरहँदा ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट देखिएको छ’, अधिकारीले भनेका छन्।
अधिकारी अनुसार ३२ मध्ये २८ मा ओमिक्रोन पुष्टि हुँदा अन्य चारजनामा डेल्टा भेरियन्ट संक्रमण देखिएको छ।
87
Shares
प्रतिक्रिया