समाज


एक किलो सुनसहित हटौँडाबाट दुई जना पक्राउ

एक किलो सुनसहित हटौँडाबाट दुई जना पक्राउ

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ६:४,

प्रहरीले एक किलो सुनसहित मकवानपुरको हेटौँडाबाट दुई जनालाई पक्राउ गरेको छ।

 प्रहरीले हटौँडा उपमहानगरपालिका–१ झोलुंगे पुलबाट एक किलो सुनसहित मकवानपुर राक्सिराङ गाउँपालिका–४ बिरकुट बस्‍ने ४१ वर्षीय अभय थिङ र दोलखा जिरी नगरपालिका–३ बस्‍ने ४५ वर्षीय ग्यालजेन शेर्पालाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त सुन फेला पारेको हो।

प्रहरीले सुनसहित दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad