समाज


चोरीका तीन गाडीसहित आदित्य ट्रान्सपोर्टका सञ्चालक पक्राउ

चोरीका तीन गाडीसहित आदित्य ट्रान्सपोर्टका सञ्चालक पक्राउ

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ५:४९,

प्रहरीले चोरीको तीन सवारीसाधनसहित आदित्य ट्रान्सपोर्टका सञ्चालकलाई पक्राउ गरेको छ।

प्रहरीले चोरीका बा२१च ८७१४ र बा१८च ३१३८ नम्बरको स्कर्पियो तथा बा११च ९७९४ नम्बरको प्राईभेट फर्च्युनर कारसहित आदित्य ट्रान्सपोर्ट सोह्रखुट्टेका सञ्चालक मुकुन्दप्रसाद पुडासैनीलाई पक्राउ गरेको हो।

गोरखा सुलिकोट गाउँपालिका–७ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका गोलढुङ्गा बस्ने ३४ वर्षीय पुडासैनीलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।

आदित्य ट्रान्सपोर्टले चोरीको गाडीहरु प्रयोग गरिरहेको सूचनाको आधारमामहानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले पुडासैनीलाई कलंकीबाट गाडीसहित पक्राउ गरेको हो।

पक्राउ परेका पुडासैनी र गाडिहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad