राजनीति


एनसेल कर प्रकरण : फैसला पूर्णपाठको अन्तिम तयारी

एनसेल कर प्रकरण : फैसला पूर्णपाठको अन्तिम तयारी

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ५:३६,

सर्वाेच्च अदालतले बहुचर्चित एनसेल प्रकरणसम्बन्धी फैसलाको पूर्णपाठ सुनाउने तयारी गरिरहेको छ।

सर्वाेच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकरसम्बन्धी विवादबारे सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सुनाउने अन्तिम तयारी भइरहेको हो।

‘फैसालको पूर्णपाठ तयारी अन्तिम चरणमा पुगेको छ,’ शुक्रबार बिहान नेपालखबरसँग सर्वाेच्चका सञ्चारविज्ञ पौडेलले भने, ‘अब एक÷दुई दिनभित्रै पूर्णपाठ सुनाइनेछ।’

फैसला भएको २१ दिनभित्र पूर्णपाठ सार्वजनिक गर्नुपर्ने प्रावधान भए पनि न्यायाधीशहरू बिदामा रहेका कारण केही ढिला भएको उनको भनाइ छ।

‘अब न्यायाधीशरू आइसक्नुभएकाले पूर्णपाठ सुनाउने अन्तिम तयारी भइरहेकाे हो,’ पौडेलले भने।

एनसेलबारे सर्वोच्चको संक्षिप्त आदेश यसअघि नै आए पनि फैसलाको पूर्णपाठ भने सुनाउन बाँकी छ।

विसं २०७३ वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने निर्णय गरेको थियो।

सर्वोच्चले गत भदौ ९ गते एनसेलले हालेको मुद्दामा आदेश दिँदै ठूला करदाताको कार्यालयले निर्धारण गरेको कर बदर गरेको थियो।

एनसेलले सर्वोच्च अदालतमा गत वैशाख ८ गते ठूला करदाता कार्यालयविरुद्ध मुद्दा दायर गरेको थियो।

ठूला करदाता कार्यालयले कम्पनीलाई पुँजीगत लाभकर तिर्न दिएको सात दिने म्याद सकिन एक दिन बाँकी हुँदा एनसेल सर्वोच्च पुगेको थियो।

एनसेलले कर कार्यालयले गरेको कर निर्धारण नमिलेको भन्दै सर्वोच्चमा मुद्दा हालेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad