अमेरिकाको एक स्कुलमा विद्यार्थीले अन्धाधुन्द चलाएको गोलीले दुई विद्यार्थीकै मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
क्यालिफोर्नियाको स्यान्टा क्लेरिटास्थित सगस हाइस्कुलमा बिहीबार उक्त घटना भएको हो।
सोही स्कुल पढ्ने १६ वर्षीय छात्रले आफ्नो झोलामा रहेको ह्यान्डगन निकालेर अन्धाधुन्द गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
गोली लागेर १६ वर्षीया एक छात्रा र १४ वर्षीय एक छात्रको मृत्यु भएको बताइएको छ।
अरूलाई गोली हानिसकेपछि बन्दुकधारी विद्यार्थीले आफूलाई पनि गोली हानेको र गम्भीर घाइते उनको अहिले उपचार भइरहेको समचारमा उल्लेख छ। उनको नाम न्याथेनियल बेर्हव हाे।
घटना बिहान स्कुलमा कक्षा सुरू हुनुभन्दा ठीकअघि भएको थियो।
बन्दुक आतंकको विरोध गर्नेहरूले उक्त घटना हुनुमा रिपब्लिकन पार्टी र वर्तमान राष्ट्रपतिको बन्दुक मोह जिम्मेवार भएको आरोप लगाएका छन्।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको प्रतिवाद गरेका छन्। उनले दु:ख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया