जलवीरे भन्ने स्थानमा आज (आइतबार) बिहानै तीन सवारीसाधन एकआपसमा ठोकिँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक खुलाइएको छ।
सडक डिभिजन भरतपुरले आज बिहान ८:१५ बजे सूचना जारी गरी ठोकिएका तीन सवारीसाधन पन्छाएर नारायणगढ-मुग्लिन सडकमा यातायात खुलाइएको जनानकारी दिएको हो।

दुर्घटनामा ८ जना घाइते भएको जानकारी पनि सडक डिभिजन भरतपुरले दिएको छ।
सडक खुलेपछि जारी सूचनामा भनिएको छ, ‘कृपया हतार नगरीकन सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउनुहुन अनुरोध गरिन्छ।’
165
Shares

प्रतिक्रिया