समाज


चिया–कफीले यी रोगको जोखिम घटाउँछ, तर दिनमा कति पिउने?

चिया–कफीले यी रोगको जोखिम घटाउँछ, तर दिनमा कति पिउने?

नेपालखबर
फागुन १, २०७८ आइतबार ११:३८, काठमाडौँ

चिया र कफीमा पाइने रसायनले शरीरलाई धेरै फाइदा गर्छ। यसले हाम्रो स्नायु प्रणालीलाई सक्रिय राख्छ र हाम्रो थकान हटाउन पनि मद्दत गर्दछ। यी पेय पदार्थको सेवनले हाम्रो मुड राम्रो हुन्छ र उत्पादकत्व पनि बढ्छ। अहिले यसका फाइदाको सूची लामो भएको छ। बेलायतमा गरिएको एक अनुसन्धानले कफी र चिया सही मात्रामा पिउनाले स्ट्रोक र डिमेन्सियाको जोखिम कम हुने देखाएको छ। 

पहिले जान्नुहोस्, स्ट्रोक र डिमेन्सिया के हो? 
मस्तिष्कघात भनेको मानिसको मस्तिष्कमा रगत आपूर्तिमा अचानक अवरोध आउने अवस्था हो। जसका कारण मस्तिष्कमा अक्सिजन कमी हुन्छ। यो समस्या हुनेबित्तिकै मस्तिष्कका कोशिकाहरू केही मिनेटमै क्षतिग्रस्त हुन थाल्छन्, जसका कारण मानिसले अपाङ्गतादेखि मृत्युसम्मको सामना गर्नुपर्ने हुन्छ।

डिमेन्सिया यस्तो रोग हो, जसमा मानिसको स्मरणशक्ति र सोच्ने क्षमता कम हुन्छ। यसलाई एम्नेसिया भनिन्छ। यो समस्याले प्रायः वृद्धहरूलाई सताउँछ। 

दैनिक २–३ कप चिया वा कफी पिउनु फाइदाजनक 

पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित उक्त अनुसन्धानमा ३ लाख ६५ हजारभन्दा बढी बेलायती नागरिक संलग्न थिए। उनीहरूको उमेर ५० देखि ७४ वर्ष बीचमा थियो। जसले आफूले चिया र कफी पिउने दिनचर्या वैज्ञानिकहरूलाई सुनाए। 

अनुसन्धानबाट के पत्ता लाग्यो भने दैनिक २/३ कप कफी र २/३ कप चिया पिउने व्यक्तिमा मस्तिष्कघातको जोखिम ३२ प्रतिशत कम हुन्छ। त्यस्ता व्यक्तिहरूमा डिमेन्सियाको जोखिम पनि २८ प्रतिशत कम हुन्छ। यी पेय पदार्थको सेवनले स्ट्रोक पछि एम्नेसियाको जोखिम पनि कम गर्छ।

तर धेरै पिउनु हानिकारक! 
सबै कुरा सही मात्रामा लिने हो भने मात्र फाइदा हुन्छ। चिया र कफीको हकमा पनि कुरा उही हो। यिनको अत्यधिक सेवनले भने हाम्रो शरीरलाई धेरै हानि पुर्‍याउन सक्छ।

जस्तै : अनिद्रा, चिन्ता, पेटसम्बन्धी रोग, मुटुको धड्कन बढ्ने, उच्च रक्तचाप, पानीको कमी, बेचैनी, थकान, ईर्ष्याको भावना, टाउको दुख्ने, गर्भावस्थाको समयमा समस्या। 

यीमध्ये कुनै पनि समस्या अनुभव गर्नुहुन्छ भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad