ad ad

समाज


धरानमा एकै दिन दुई शव फेला

धरानमा एकै दिन दुई शव फेला

कृष्ण बहाब
फागुन १७, २०७८ मंगलबार १८:३८, काठमाडौँ

धरान उपमहानगरपालिका १८ स्थित बुद्धचोकमा नजिक रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ। पाचथर मिक्लाजुंङ्ग स्थायी घर भएर इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङको शव रहेको प्रहरीले जनाएको छ।

होटलमा दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी तामाङको शव मंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले देखेपछि इलाका प्रहरी कार्यालय धरानमा सम्पर्क गरेका थिए। प्रारम्भिक रुपमा शवको अवस्था हेर्दा हत्या हुन सक्ने प्रहरीले जनाएको छ। 

महिलासँगै बसेका अपरिचित पुरुष भने अझै फरार छन्। मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए।

इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्ने तामाङको श्रीमान् वैदेशिक रोजगारको क्रममा ब्रुनाईमा रहेको बुझिएको छ। मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो।

त्यस्तै धरानमै अर्का एक पुरुषको पनि शव फेला परेको छ। कोसी राजमार्गको धरान–भेडेटार सडक खण्डमा अन्दाजी ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन्।

उक्त शवको सनाखत भएको छैन। इलाका प्रहरी कार्यालय धरानका अनुसार शव धरान ४ देवीथान नजिकमा पर्ने सडक किनारमा फेला परेको थियो। प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखेको छ।

मृतक मागेर हिँड्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शरीरमा चोटपटक केही पनि देखिएको छैन। शव मर्चरीमा राखेर सनाखतको लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .