ad ad

समाज


सिद्धबाबा बलात्कार मुद्दा : अर्को इजलासमा मुद्दा पेस गर्न आदेश

सिद्धबाबा बलात्कार मुद्दा : अर्को इजलासमा मुद्दा पेस गर्न आदेश

कृष्ण बहाब
फागुन २५, २०७८ बुधबार २१:५५, काठमाडौँ

सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दालाई अर्को इजलासमा पेस गर्न आदेश आएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र तेज नारायण सिंह राईको इजलासमा रहेको पुनरावेदन मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठ यहिी मुद्दामा अगाडि नै सहभागी भएकाले अर्को इजलासमा पेस गर्न आदेश दिएको हो।

‘एक नम्बर श्रीमान (तिलप्रसाद श्रेष्ठ) यो मुद्दामा अगाडि नै सहभागी हुनुहुँदो रहेछ’ उच्च अदालतका सूचना अधिकारी ओमराज सुवेदीले भने ‘अब अर्को इजलासमा नियमित पेसी चढेर सुनुवाई हुन्छ।’

सुनसरी जिल्ला अदालतले २०७७ मङ्सिर २२ गते सहमतिमै यौन सम्बन्ध भएकाले बलात्कार नठहरिने व्याख्या गरेको थियो।

महिलाले भने आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी थिइन्। 

यता सिद्धबाबाले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचार्य तोडिदिएको भन्दै पुनरावेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .