पछिल्लो दश वर्षयता भारत र पाकिस्तानले परमाणु बमको संख्यालाई दुईगुणाभन्दा बढी बढाएका छन्।
हाल परमाणु हतियारको विषयमा भारतभन्दा पाकिस्तान शक्तिशाली देखिएको छ। पाकिस्तानले भारतभन्दा बढी पमरमाणु बमको उत्पादन गरेको हो।
विश्वमा हतियारको स्थिती र वैश्विक सुरक्षाको विश्लेषण गर्ने स्वीडेनको संस्था ‘स्टकहोम इन्टरनेसनल पिस रिसर्च इंस्टीट्युट’ले आफ्नो नयाँ प्रतिवेदनमा पाकिस्तान भारतभन्दा शक्तिशाली भएको बताएको हो।
उक्त संस्थाले बीबीसीसँग विश्वमा परमाणु हतियारको कुल उत्पादनमा कम भएको बताएको छ। यद्यपी दक्षिण एसियामा पहिलेभन्दा परमाणु हतियारको उत्पादन बढेको जनाइएको छ।

इंस्टीट्युटले भनेको छ,‘सन् २००९ मा हामीले भनेका थियौं कि भारतसँग ६० देखि ७० परमाणु बम छ। त्यस समय पाकिस्तानसँग ६० वटा परमाणु बम थियो। तर दश वर्षको अवधिमा दुवै देशले आफ्नो परमाणु बमको संख्या दुईगुणाभन्दा अधिक बनाएका छन्।’
प्रतिवेदनका अनुसार हाल पाकिस्तानसँग १५० देखि १६० वटासम्म परमाणु बम छ। भारतसँग १३० देखि १४० वटा परमाणु बम छ।
शीर्ष ९ परमाणु सम्पन्न मूलुक
१. रुसः ६ हजार ५ सय
२. अमेरिकाः ६ हजार १ सय ८५ परमाणु बम
३.फ्रान्सः ३ सय
४. चीनः २ सय ९०
५. वेलायतः २ सय
६. पाकिस्तानः १५० देखि १६० सम्म
७. भारतः १ सय ३० देखि १४० सम्म
८. इजरायलः ८० देखि ९० सम्म
९. उत्तर कोरियाः २० देखि ३० सम्म
Shares

प्रतिक्रिया