तालिबानले आफ्ना ३ मुख्य लडाकुको रिहाइमा एक अमेरिकी र अर्का अस्ट्रेलियाका नागरिकलाई घर फिर्ता गरिदिएको हो।
उनीहरु दुवै अफगानिस्तानको काबुलस्थित अमेरिकी विश्वविद्यालयका प्राध्यापक थिए। तीन वर्ष अगाडि तालिबानले उनीहरुलाई अपहरण गरेर बन्दी बनाएको थियो।
यतिबेला तीन तालिबान लडाकु भने कतार आइपुगेका छन्। उनीहरु अफगानिस्तान फर्किने छन्।
अफगानिस्तानले तालिबानसँग शान्तिवार्ता पुनः सुरु गर्ने लक्ष्यका साथ अमेरिका र अस्ट्रेलियाले बन्दी साटासाट गरेको बताएको छ।
अफगानिस्ताको गृहयुद्धमा अमेरिकाले सरकारको साथ दिँदै आएको छ। एजेन्सी

प्रतिक्रिया