कला


लता मंगेशकरको स्वास्थ्यमा सुधार

लता मंगेशकरको स्वास्थ्यमा सुधार

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १२:७,

सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ।

स्वास प्रस्वासमा समस्या आएपछि उनलाई एक साताअघि मुम्बईको ब्रीच केन्डी अस्पतालको आईसियुमा भर्ना गरिएको थियो। पछिल्लो साता उनको निधन भएको समाचार सामाजिक संजालमा भाइरल भएको थियो। तर, सो समाचार गलत भएको उनको परिवारका सदस्यले बताएका थिए।

लता बिरामी भएपछि विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गरिएको थियो। यसै वर्ष उनले आफ्नो ९० औँ जन्मदिन मनाएकी थिइन्। उनले सन् २००१ मा सर्वोच्च भारतको नागरिक भारतरत्न सम्मान पाएकी थिइन्।

उनले ३६ भारतीय भाषामा आफ्ना गीतहरु रेकर्ड गराएकी छन्। उनका नाममा अन्य कैयौँ प्रख्यात अवार्डहरु पनि छन्। सन् १९४८ देखि १९७४ बीच उनले २५ हजारभन्दा धेरै गीत गाएकी थिइन्। उनले हालसम्म ३० हजार गीत गाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad